झापा फुटबल क्लब लाई ‘सी’ डिभिजन लिगको उपाधि – Nepal Press

झापा फुटबल क्लब लाई ‘सी’ डिभिजन लिगको उपाधि

काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ ।

शुक्रवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न लिगको अन्तिम खेलमा स्वयम्भू क्लबलाई ४-२ ले पराजित गर्दै झापाले ‘सी’ डिभिजन लिगको उपाधि जितेको हो ।

जितसँगै १३ खेलबाट ३४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको झापाले यसअघि नै ‘बी’ डिभिजन लिगको टिकट काटिसकेको थियो ।

एन्फा कम्प्लेक्समा विशाल खवासले दुई गोल गरेपछि झापाको जित सहज बनेको थियो । तेस्रो मिनेटमा झापालाई अग्रता दिलाएका विशालले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा त्यसलाई दोब्बर पारे ।

४८औ मिनेटमा मनिस लिम्बुले झापाको अग्रतालाई ३-० मा पुर्‍याए । ५१औ मिनेटमा स्वयम्भूका रोशन क्षेत्रीले एक गोल फर्काएका थिए । तर, ५५औ मिनेटमा पूजन राईले गोल गर्दै झापाको अग्रता ४-१ मा पुर्‍याए । ६७औँ मिनेटमा पाल्साङ लामाले स्वयम्भूबाट दोस्रो गोल गरेका थिए ।

‘सी’ डिभिजन लिगका लागि छनोट भएको दोस्रो सिजन झापा ‘बी’ डिभिजनमा उक्लिन सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर