वृद्धभत्ताबारे अर्थमन्त्रीको प्रष्टोक्ति- नेपालीको औसत आयु नै कम भएकाले उमेर परिवर्तन – Nepal Press

वृद्धभत्ताबारे अर्थमन्त्रीको प्रष्टोक्ति- नेपालीको औसत आयु नै कम भएकाले उमेर परिवर्तन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर फेरबदल गरिएको प्रष्ट्याएका छन् ।

यसअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा नयाँ बजेटमा मापदण्ड घटाएर ६८ वर्ष पुर्‍याइएकोमा आर्थिक भार थपिने टिप्पणी बढिरहेको छ । अर्थमन्त्री शर्माले १५औं आवधिक योजनाले निकालेको निर्षकर्ष अनुसार ६९.७ वर्ष आयु रहेको बताए ।

उनले भने, ‘गरिब र निमुखा जनतालाई वृद्धभत्तामा जोड्नको लागि वृद्धभत्ताको समय घटाएर ६८ वर्षमा झारिएको हो ।’

बजेटमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले यसले विपन्न नागरिकलाई राहत मिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *