रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंककाे सहकार्य – Nepal Press

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंककाे सहकार्य

काठमाडौं । रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकसले हकार्य गरेको छ । ललितपुरकाे पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा रथ तान्ने भक्तजनहरुलाई २०० थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक कुमारीपाटी शाखामार्फत वितरण गरेको छ ।

जात्रा ललितपुरका विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेठ २१ गते समापन हुनेछ । उक्त जात्रामा सहभागी भक्तजनहरुलाई जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरेको छ ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *