यौन सम्पर्कबाट फैलिने जीव, जसले मानिसलाई सुन्दर र स्वस्थ बनाउँछ – Nepal Press

यौन सम्पर्कबाट फैलिने जीव, जसले मानिसलाई सुन्दर र स्वस्थ बनाउँछ

काठमाडौं । यौन सम्बन्धबाट फैलिएको टोक्सोप्लाज्मा गोन्डी परजीवी लगभग ५० प्रतिशत जनसंख्यामा पाइन्छ। मानिसमा हुने सिजोफ्रेनिया र अन्य गम्भीर मानसिक रोगका लागि यो जिम्मेवार हुन्छ तर अब फिनल्याण्डका अनुसन्धानकर्ताहरूले यसको बारेमा अनौठो दाबी गरेका छन् । वैज्ञानिकहरू भन्छन् कि यो परजीवीबाट संक्रमित व्यक्तिहरू अरू भन्दा धेरै सुन्दर देखिन्छन्।

टोक्सोप्लाज्मा गोन्डी परजीवी के हो ?

यो जीव संसारभर पाइन्छ। टोक्सोप्लाज्मा परजीवी, प्रायः पाल्तु बिरालोहरूको दिसामा पाइन्छ, यसले मानिसहरूमा हल्का फ्लू जस्तो लक्षणहरू निम्त्याउन सक्छ। अघिल्लो अनुसन्धानले यस परजीवीलाई कार दुर्घटना र आत्महत्या, साथै साहस र सफलताको भावनासँग जोडेको छ।

संक्रमित व्यक्ति बढी आकर्षक र स्वस्थ देखिन्छन्

यो अनुसन्धान फिनल्याण्डको टुर्कु विश्वविद्यालयका शोधकर्ताहरुले गरेका हुन् । तिनीहरू भन्छन् कि टोक्सोप्लाज्मा परजीवीबाट संक्रमित व्यक्तिहरू अरूको तुलनामा बढी आकर्षक र स्वस्थ देखिन्छन्। विशेषगरी विपरित लिङ्गका मानिसलाई बढी सुन्दर देखिन्छन् । परजीवीको प्रभाव भने महिला र पुरुष दुवैमा समान रहेको पाइएको छ ।

टोक्सोप्लाज्माले आफ्नो शिकारलाई आकर्षक बनाउनबाट फाइदा हुने वैज्ञानिकहरू बताउँछन् । परजीवीबाट संक्रमित बिरामी अरूलाई सुन्दर देख्न थाल्छ, जसका कारण बढी यौन साथी बन्ने सम्भावना रहन्छ। यसरी परजीवीले धेरै मानिसहरूलाई संक्रमित गर्न सक्षम हुन्छ। अनुसन्धानकर्ताहरु भन्छन् कि यो रणनीति शताब्दीबाट विकसित भएको हो।

अनुसन्धानमा संलग्न बायोलाृजिस्ट जेभियर बोराज(लियोनले भने कि अर्को अध्ययनमा मुसामा गरिएको प्रयोगले टोक्सोप्लाज्माबाट संक्रमित हुँदा मेल मुसाहरू फीमेल मुसाहरूप्रति बढी यौन आकर्षण गर्ने देखाएको छ।

टोक्सोप्लाज्माले कसरी अनुहार परिवर्तन गर्छ ?

यसको कुनै बलियो प्रमाण छैन, तर वैज्ञानिकहरू भन्छन् परजीवीले मानिसको हर्मोनमा परिवर्तन गर्छ। यसले अनुहारको सौन्दर्यमा असर गर्छ । संक्रमित पुरुषहरूमा टेस्टोस्टेरोनको स्तर अरूको तुलनामा उच्च हुन्छ।

वैज्ञानिकहरूको दोस्रो सिद्धान्तअनुसार परजीवीले मानव शरीरमा रहेका रसायन र न्यूरोट्रान्समिटरलाई हेरफेर गर्छ र तिनीहरूलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छ। यस हेरफेरको साइड इफेक्ट अनुहारको सौन्दर्य हुन सक्छ।

वैज्ञानिकहरुले आफ्नो सिद्धान्त परीक्षण गर्न परजीवीबाट संक्रमित ३५ जना मानिसहरू (२२ पुरुष, १३ महिला) १७८ जना सामान्य मानिसहरू (८६ पुरुष, ९२ महिला)लाई परीक्षण गरेका हुन् । धेरै परीक्षणपछि संक्रमितको अनुहारमा परिवर्तन देखिएको थियो । उनको अनुहार अरुको भन्दा धेरै सममित देखिन्थ्यो। साथै संक्रमित महिलाको तौल सामान्य महिलाको भन्दा कम रहेको पाइएको छ । यी सबै कुराले मानिसलाई आकर्षक बनाउँछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *