नारामा नयाँ नेतृत्व, प्रदेश १ का व्यवसायीको इन्ट्री – Nepal Press

नारामा नयाँ नेतृत्व, प्रदेश १ का व्यवसायीको इन्ट्री

इटहरी । नेपाली र्‍याफ्टिङ सेवा प्रदायक एजेन्सीहरूको छाता संगठन ‘नारा’ मा पहिलोपटक प्रदेश १ का व्यवसायीको प्रवेश भएको छ ।

काठमाडौंको होटल मुस्ताङमा सम्पन्न नाराको ३३ औं साधारण सभाबाट तमोर रिभर एडभेन्चर कम्पनीका सञ्चालक मदन ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

१७ वर्षदेखि धरानबाट र्‍याफ्टिङ सेवा दिँदै आएका ढकाल प्रदेश १ मा आन्तरिक र्‍याफ्टिङ सेवा सुरू गर्ने प्रथम व्यवसायी हुन् । नारामा प्रतिनिधित्वपछि ढकालले भने, ‘अब प्रदेश १ का नदीहरूमा र्‍याफ्टिङ प्रचार र प्रवर्द्धनमा धेरै सहयोग हुनेछ ।’

नयाँ ९ सदस्य कार्यसमितिमा अध्यक्षमा शिव अधिकारी, उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सहकोषाध्यक्षमा इन्दुदेवी वाग्ले तथा सदस्यहरूमा क्रमशः मदन ढकाल र महेन्द्र श्रेष्ठ चयन भएका छन् ।

नेपाली र्‍याफ्टिङ व्यवसायीको छाता संगठन नाराको औपचारिक स्थापना २०४६ पुस ११ मा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *