फ्रेन्च ओपनः सेमिफाइनलमा स्विटेक – Nepal Press

फ्रेन्च ओपनः सेमिफाइनलमा स्विटेक

काठमाडौं । विश्व नम्बर एक इगा स्विटेक फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

विश्व वरियताको ११औं स्थानकी जेसिका पेगुलालाई क्ले कोर्ट ग्राण्डस्लाममा ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै स्विटेकले सेमिफाइनल यात्रा तय गरेकी हुन् ।

स्विटेकले सेमिफाइनलमा डारिया कासातकिनाको सामना गर्नेछिन् । २०औं वरियताकी डारियाले क्वार्टरफाइनलमा भेरोनिका कुडरमेटोभालाई ६-४, ७-६ (७-५) को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्विटेकसँगको भेट पक्का गरिन् ।

सन् २०२० मा पहिलाेपटक  फ्रेन्च ओपन जित्दै ग्राण्डस्लाम च्याम्पियन बनेकी स्विटेकको तेस्राे  ग्रण्डस्लामा सेमिफाइनल हो । उनी यस अघि वर्षकाे पिहलाे ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनल सम्म पुगेकि थिइन् । यस्तै, २५ वर्षीया डारियाको पनि यो पहिलो सेमिफाइनल हो ।

महिला सिंगलतर्फकै अर्को सेमिफाइनलमा १८औं वरियताकी कोको गउफ र मार्टिना टभिसान प्रतिस्पर्धा गर्नेछन् । कोकोले क्वार्टरफाइनलमा स्लोएन स्टेफेनसलाई ७-५ र ६-२ को सोझो सेटमा पराजित गरेकी थिइन् । मार्टिनाले १७औं वरियताकी क्यानाडियन खेलाडी लेला फर्नान्डेजलाई ६-२, ६-७ (३-७) र ६-३ को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर