मिरुनालाई सम्बोधन गर्दै उपेन्द्र सुब्बाले लेखे- सरी नानी, हाम्रो समाज यति साम्प्रदायिक भइसकेछ – Nepal Press

मिरुनालाई सम्बोधन गर्दै उपेन्द्र सुब्बाले लेखे- सरी नानी, हाम्रो समाज यति साम्प्रदायिक भइसकेछ

काठमाडौं । लेखक उपेन्द्र सुब्बाले नेपाली समाज संकीर्ण र साम्प्रदायिक बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नायिका मिरुना मगरमाथिको दुर्व्यवहार प्रकरणमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुब्बाले भनेका छन्, ‘म पहिचानको पक्षमा बीस वर्षयता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर, मलाई पत्तै भएन हाम्रो समाज यति संकीर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे । यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं ।’

‘होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ?’

‘म त आदिवासी हुनुमा गर्व गर्थेँ । तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बू सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी ।’

प्रतिक्रिया

3 thoughts on “मिरुनालाई सम्बोधन गर्दै उपेन्द्र सुब्बाले लेखे- सरी नानी, हाम्रो समाज यति साम्प्रदायिक भइसकेछ

  1. खै के गर्ने गाली मात्र छ किन यस्तो भयो कारण के थियो त्यो छैन तामाङ समुदायले छेरुजेल बिरोध गरेका छन् हुनत मिरुना नि लामालाई झ्यापड त्यतिकै नहान्नु पर्ने उसलाई नि मैले यो गर्नु हुदैन भन्ने थाहा होला तर तामाङ समुदायले गाली गरेको मुस्को मन छिया छिया भएको होला तर तामाङ असिक्क्षित नै रहेछ 100% मा 90% चैई अबुज नै रैछ जस्त्यो लाग्यो।

    1. सिनो खानेहरुको सोच यो भन्दा माथी कहाँ हुन सक्छ र?जे गरिन मिरुनाले ठिक गरिन अझै झ्याम्की झ्याम दिनुपर्ने हो।आउदा दिनहरुमा अरुले यसरी आट नगरोस।जाबो फ्लिम खेल्नै पर्छ भन्ने छैन।हिम्मत लाई सलाम

    2. Hajur magar pani testai ho afule afulai sikchyit ra sabbay thannu murkhataa ho
      Dekhi halewni behoraa magarni ko ma Tamang ma magar ma newar ma sherpa
      Ma bahun ma chetrry bannu banda pani
      Hamile naititaa lai bujnuporcha naitikta manisko yewta sabbay bayera bachney
      Adar ho hijo magarni ko naitikta bihinle
      Garda yettoro thulo hangama machew
      Magarni bainiko yewta arop matara ho jasto lagchha malai tes arop lai parmanit
      Garnu saknu porchha arop josukailai
      Jesukai lagaunu sanchha lama lai samuhayik danda pani diyeko chha
      Lama lai 3 4 wata Biralo ko bichma 1
      Musalai khelayeko jasto gareko chhaa
      Yo katiko jayej ho ? Tamang magar newar
      Sherpa chettiri bahun anney jo baney pani Nepali hami ley samman birod
      Bayktiko naitikta lai garney ho kunai jati
      Darma lai hoina naitikta bihinlai sansarko
      Kunai pani desko kathagarma wobaunu sakchha Uk Usa Europe anywhere tesaile naitikta ko palana garau naitikta bihin nahau Kanun lai hatma naliw miruna magar ra PHURBA lama ko jindagi etimatara hoina lamochha ma mero ra harmro banney sabdaa lai hatau hami Nepali ho Nepali Nagarik hau Nagarik adikar ko kura garau

Leave a Reply

Your email address will not be published. Required fields are marked *