सेल्टर नेपालले कैदीबन्दीका लागि फुटबल सम्बन्धी कार्यक्रम आयोजना गर्ने – Nepal Press

सेल्टर नेपालले कैदीबन्दीका लागि फुटबल सम्बन्धी कार्यक्रम आयोजना गर्ने

काठमाडौं । सेल्टर नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल सम्बन्धि कार्यक्रम आयोजना गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पत्रकार सम्मेलन गर्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको सहकार्यमा ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ नामक कार्यक्रम संचालन गरिने सेल्टर नेपालले जनाकारि दिएको छ ।

जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथै उनीहरुमा आत्मविश्वास जगाउने उदेश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालका अध्यक्ष खुश्बु ओलीले जानकारी गराईन् ।

यस कार्यक्रम आगामी जुन ५ देखि दुई चरणमा सञ्चालन हुने । यो कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।

पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्नेछ । प्रशिक्षकलाई डी लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गरिने बताईएको छ ।

यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ । दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर