यू १९ महिला विश्वकप क्वालिफायर्सका लागि नेपाली टिमको बिदाइ – Nepal Press

यू १९ महिला विश्वकप क्वालिफायर्सका लागि नेपाली टिमको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ महिला विश्वकप क्वालिफायर्सका लागि मलेसिया प्रस्थान गर्ने नेपाली टिमको बिदाइ गरेको छ ।

मंगलबार एक कार्यक्रमबीच क्यान अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीहरूले नेपाली टीमलाई बिदाइ गरे ।

दक्षिण अफ्रिकामा २०२३ मा पहिलो पटक आयोजना हुन लागेको यू १९ महिला विश्वकपका लागि एसियन रिजनको छनोट जुन ३ देखि ९ सम्म मलेसियामा हुँदैछ ।

एसिया रिजन छनोटमा नेपालसहित मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, चीन, भूटान, म्यानमार र कतारले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष स्थानको टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

नेपालले जुन ३ मा कतार, जुन ४ मा यूएई, जुन ६ मा भूटान, जुन ७ मा थाइल्यान्ड र जुन ९ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटका लागि यसअघि नै क्यानले कृतिका मरासैनीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टीमः
कृतिका मरासैनि (कप्तान), स्नेहा महरा, सृष्टि जैसी, मनिषा उपाध्याय, मनिषा राना मगर, अलिशा यादव, साना प्रभिन, रन्जु श्रेष्ठ, आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अन्जली विक, अनु कठायत, सुस्मिता भुसाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर