नेप्लिज योङ इन्टरप्रेनर्स फोरमको अध्यक्षमा चिराग गोयल – Nepal Press

नेप्लिज योङ इन्टरप्रेनर्स फोरमको अध्यक्षमा चिराग गोयल

काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयाे । मेरियट होटलमा सम्पन्न सभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गरेको छ ।

नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साख र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । त्यस्तै आप्पा शेर्पा, क्षितिज तामाङ, ईच्छा मल्ल, रसना श्रेष्ठ, निर्देश द्वा,निषित मित्तल र अनुभव श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् ।

नयाँ कार्यसमितिले युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष गोयलले बताए ।

युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *