नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा, १ वर्ष जेल हुन सक्ने – Nepal Press

नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा, १ वर्ष जेल हुन सक्ने

काठमाडौं । कबड्डी ४ कि नायिक मिरुना मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै एक युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको उनको आरोप छ ।

सिभिल मलबाट पक्राउ परेका तामाङ थरका युवक हिजोदेखि प्रहरी हिरासतमा छन् । आज प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको स्रोतले बतायो । १ वर्षभन्दा कम सजाय हुने कसुरमा जिप्रकाले म्याद थप गर्ने गर्छ ।

यदि तामाङमाथि लगाइएको अभद्र व्यवहारको आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउन सक्नेछन् । हिजो सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो । नायिकाले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तामाङले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *