कर्माछिरिङले झूटो आरोप लगाएको भन्दै गणेश थापाले गरे छानबिनको माग – Nepal Press

कर्माछिरिङले झूटो आरोप लगाएको भन्दै गणेश थापाले गरे छानबिनको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फाको अनुशासन कमिटीमा छानबिनको मागसहित निवेदन बुझाएका छन् ।

फिफाको प्रतिबन्धमा रहेका थापाले सोमबार वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध चरित्रहत्या गर्ने उद्देश्यले झूटो र काल्पनिक आरोप लगाएको र जसको सत्यतथ्य छानबिनको माग गर्दै निवेदन बुझाएका हुन् ।

यसअघि थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर