नोटिङ्घाम फरेस्ट २३ वर्षपछि प्रिमियर लिगमा बढुवा – Nepal Press

नोटिङ्घाम फरेस्ट २३ वर्षपछि प्रिमियर लिगमा बढुवा

काठमाडौं । नोटिङ्घाम फरेस्ट इङलिस प्रिमियर लिगमा बढुवा भएको छ । आइतबार राति बेम्बलीमा भएको च्याम्पियनसिप प्लेअफमा हुडर्सफिल्डलाई १–० गोलको नतिजमा पराजित गर्दै नोटिङ्घाम २३ वषएपछि प्रिमियर लिगमा बढुवा भएको हो ।

खेलको ४३औं मिनेटमा हडर्सफिल्डका लेभी कोल्विलको आत्मघाती गोल नै नटिङ्घमको जितमा पर्याप्त बन्यो । जेम्स गर्नरबाट आएको क्रसमा कोल्विलबाट आफ्नै पोस्टमा गोल भएको थियो ।

नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । जितपछि नटिङ्घमा मुख्य प्रशिक्षक स्टिभ कुपरले आफू खेलाडी र समर्थकहरुको लागि निकै खुसी रहेको प्रतिक्रिया दिए ।

‘म खेलाडी र समर्थकहरुका लागि निकै खुसी छु । यसमा सबै कुराको योगदान छ र उनीहरु सबै आजको जितको हकदार हुन् । अब हामीले भविष्यलाई ध्यानमा राखेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर