फ्रेन्च ओपनः क्वार्टर फाइनलमा नाडाल र जोकोभिच भिड्ने – Nepal Press

फ्रेन्च ओपनः क्वार्टर फाइनलमा नाडाल र जोकोभिच भिड्ने

काठमाडौं । कीर्तिमान २५औं ग्राण्डस्लाम विजेता राफेल नाडाल फ्रेन्च ओपनको कवार्टर फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार रोनान्ड गारोड कार्ट पेरिसमा सम्पन्न प्रि-क्वार्टर फाइनलमा फेलिक्स अगर अलिआसिमलाई ३-६, ६-३, ६-२, ३-६, ६-३ को सेटमा पराजित गर्दै क्वार्टर फाइनलमा नोभक जोकोभिच सँगको भेट पक्का गरेका हुन् ।

जोकोभिचले विश्व वरियतामा १५औं स्थानका डिएगो सचवारर्तमनलाई ६-१, ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका थिए ।
यस्तै, कालोर्स अलकार्ज र एलेक्सजेन्डर जेभ्रेभ पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।

छैठौं वरियताका अलकार्जलले २१औं वरियताका कारेन काचानोभलाई ६-१, ६-४, ६-४ को सोझो सेटमा पराजित गर्दै क्वार्टर फाइनलमा जेभ्रेभसँगको भेट पक्का गरे । भने, वरियतामा दोस्रो स्थानका जेभ्रेभले जापाटा मिरालेस लाई ७-६९१३-११०, ७-५, ६-३ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर