च्याम्पियन्स लिग फाइनलमा कोर्टुवाको उत्कृष्ट गोलकिपङ प्रदर्शन र आलोचना – Nepal Press

च्याम्पियन्स लिग फाइनलमा कोर्टुवाको उत्कृष्ट गोलकिपङ प्रदर्शन र आलोचना

काठमाडौं । शनिबार राति इङलिस क्लब लिभरपुललाई १–० गोलको नतिजामा पराजित गर्दै रियाल मड्रिडले कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।

समूह चरण देखिनै रियालको जितमा बेल्जियन गोलकिपर थिबाउट कोर्टुवाको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

रियाल मड्रिडसँग अनुबन्द भएपछि सुरुवाती दिनमा समर्थकहरुबाट आलोचना मात्रै पाएका कार्टुवाले यो सिजन भने सबै प्रतियोगितामा आफुलाई प्रमाणित गर्न सफल भए ।

च्याम्पियन्स लिगको फाइनलमा उनको प्रदर्शन सम्झन लायक भएको थियो । पहिलो हाफमा रियालमाथि प्रभुत्व जमाएको लिभरपुलको धेरै गोल गर्ने अवसरहरुलाई उनले बिफल पारे । लिभरपुलका लागि गोल मेसिन मानिएका माने र सलाहको कयौं गोल गर्ने अवसरमा उनी बधक बने ।

रियालको जितमा भिनिसियस जुनियरको निर्णायक गोल जति महत्वपूर्ण थियो त्यत्तिनै कोर्टुवाको प्रदर्शन पनि, उत्कृष्ट प्रदर्शन गरेका कोर्टुवा ‘प्यअर अफ दी म्याच’ भए ।

तर, कोर्टुवाले यत्तिको राम्रो प्रदर्शन गर्दापनि पर्याप्त सम्मान नपाएको प्रतिकृया दिएका छन । उनले खेल अघि आफुलाई अपमानित महसुस भएपनि आफ्नो गुणस्तर प्रमाणित गर्न पाउँदा खुसी भएको बताएका थिए ।
‘मैले प्रि–म्याच कन्फरेन्समा रियाल मड्रिडले फाइनल जित्छ भनेको थिए । तर, त्यसबारे ट्विटमा धेरै आलोचना हरु आए, म इतिहासको राम्रो पक्षमा थिए ।, कोर्टुवाले भने ।

‘त्यसपछि फाइनलमा मेरो प्रदर्शन राम्रो नहुने भन्दै धेरै ट्विटहरु मेरो आलोचनामा आएका थिए । तर, त्यो उल्टो सावित भयो ।, उनले थपे ।

सन् २०१८मा रियाल मड्रिडमा अनुबन्ध हुनु अघि कोर्टुवाले सात सिजन इङलिस क्लब चेल्सीमा बिताएका थिए । त्यहा उनले १सय २८ प्रिमियर लिगका खेलहरु खेल्दै ४८ क्लिन सिट राखेका थिए ।

३० वर्षिय बेल्जियन कोर्टुवाले चेल्सी बाट दुई प्रिमियर लिग उपाधि जितेका छन् भने एक एफ ए कप र अब रियाल मड्रिड बाट च्याम्पियन्स लिग र दुई लालिगा उपाधि उनको सफलतामा थपिएको छ ।

यस सिजन उनले च्याम्पियन्स लिगमा ५ क्लिनसिट राखेका छन् भने ५९ बचाउ गरेका छन् ।

‘मलाई मेरो करिअरका लागि फाइनल जित्न आवश्यक थियो, मेरो नाममा सम्मान राख्नका लागि सबै कडा परिश्रमका लागि किनकि मलाई लाग्दैन कि मैले पर्याप्त सम्मान पाउँछु, विशेष गरि इङल्यान्डमा । मैले उत्कृष्ट सिजन पछि पनि धेरै आलोचनाहरु आएको देखेको छु । उनले भने ।’

‘मलाई मेरो टिमदेखि साँच्चै गर्व छ । हामी उपाधि जित्न लागि पर्यौं, जहाँ टिमलाई मेरो आवस्यकता थियो म टीमका लागि त्यहाँ उपस्थित थिँए, उनले थपे।’

रियालले च्याम्पियन्स लिग उपाधि यात्रामा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी), चेल्सी र म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो ।

त्यसलाई सम्झिँदै कोर्टुवाले भने,‘हामीले विश्वका केहि उत्कृष्ट क्लबहरुलाई पराजित गर्यौं। सिटी र लिभरपुल यो सिजन अविश्वासनिय थिए ।,’ उनले भने ।‘ उनिहरुले प्रिमियर लिगको अन्तिम सम्म पनि उपाधिका लागि कडा प्रतिस्पर्धा गरेका थिए, लिभरपुलले दुई उपाधि जित्यो र पक्कै पनि उनिहरु उत्कृष्ट छन् । ’

‘हामीले आज उत्कृष्ट खेल खेल्यौं । एक मात्रै अवसर थियो त्यसलाई सदुपयोग गर्यौं ।’

कोर्टुवाले लिभरपुलविरुद्ध ९ वटा गोल गर्ने अवसरहरुलाई विफल पारेका थिए । जुन च्याम्पियन्स लिग फाइनलमा सन् २००३–०४ सिजन पछि कुनैपनि गोलकिपरले बनाएको रेकर्ड हो । उनी च्याम्पियन्स लिग फाइनलमा प्लेअर अफ दी म्याच हुने इतिहासमै तेस्रो गोल किपर बने । यसअघि ओलिभर खान २००१ मा र इडविन भ्यानडर सारले २००८ मा म्यान अफ दी म्याच भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर