चीन जोड्ने गल्छी-रसुवागढी सडकलाई १ अर्ब ८५ करोड – Nepal Press

चीन जोड्ने गल्छी-रसुवागढी सडकलाई १ अर्ब ८५ करोड

काठमाडौं । सरकारले चीनसँगको सीमानाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी-रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड विनियोजन गरेको छ ।

‘गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ-स्याफ्रुवेशी-रसुवगढी सडको गल्छीदेखि स्याफ्रुवेँशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेँशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *