भौतिक पूर्वाधारमा १ खर्ब साढे ६१ अर्ब, कुन योजनामा कति ? – Nepal Press

भौतिक पूर्वाधारमा १ खर्ब साढे ६१ अर्ब, कुन योजनामा कति ?

काठमाडौं । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधारमा उक्त रकम विनियोजन गरिएको जानकारी गराए ।

काठमाडौंको चार भञ्ज्याङ चार सुरुङ बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ । सरकारले रेलवे र मेट्रो रेलका लागि ६ अर्ब र सडक मर्मत सम्भारका लागि ७ अर्ब विनियोजन गरेको छ । कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास सुरु गरिने जानकारी दिँदै अर्थमन्त्री शर्माले कलंकी महाराजगञ्ज चक्रपथ विस्तारका लागि १ अर्ब विनियोजन गरिएको बताए ।

नौबिसे मुग्लिन सडकका लागि १० अर्ब, मदन भण्डारी राजमार्गका लागि २ अर्ब , पूर्वपश्चिम राजमार्गका लागि ३० करोड र फास्ट ट्र्याकका लागि ३० अर्ब विनियोजन गरिएको अर्थमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *