स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने (भिडिओ) – Nepal Press

स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने (भिडिओ)

काठमाडौं– सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले तीन महिना स्थानीय तहमा स्वयंसेवा गराउने नयाँ सोच अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै सो व्यवस्था समेटेका हुन् ।

बजेटमा उल्लेख भएअनुसार प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयंसेवा गराइने भएको छ ।
स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने अर्थमन्त्रीले बताए ।

बजेटमा शिक्षासँग सीप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ ।

यस्तै माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्ने गरी कुनै एक व्यवसायिक दक्षता हासिल गराई स्वराेजगार बन्न सक्षम बनाइने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *