खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड विनियोजन – Nepal Press
बजेट २०७९/८०

खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेस गर्दै उक्त रकम छुट्टाइएको बताए । खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रिकालीन खेल खेल्न मिल्ने योजना सारिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बीमा गरिने अर्थमन्त्री शर्माले बताए । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब विनियोजना गरिएको छ ।

खेल क्षेत्रको विकासका लागि विद्यालयतहबाटै आवश्यक कार्यक्रम तर्जुमा गर्ने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *