सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने – Nepal Press

सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने

काठमाडौं । सरकारले सामाजिक सुरक्षाभत्ता नलिने स्वघोषणा गर्ने नागरिकलाई सम्मान गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत सो जानकारी दिएका हुन् ।

बजेट भाषणमा वृद्धभत्ताका लाभग्राहीको उमेर ७० वर्षबाट ६८ वर्षमा झारिएको छ । त्यसले लाभग्राहीको संख्या ह्वात्तै बढ्ने भएपछि सरकारले आर्थिकरुपमा सक्षमहरुलाई भत्ता नलिन प्रोत्साहन गर्ने नीति लिएको हो ।

अर्थमन्त्रीले बजेटमा भनेका छन्, ‘सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारद्वारा सम्मान गरिने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *