मेलम्ची खानेपानी विकास समिति खारेज – Nepal Press

मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ ।

बजेट वक्तव्यमार्फत सो समिति र ग्रामीण खानेपानी कोष विकास समिति खारेज गर्ने घोषणा सरकारले गरेको हो ।

ती समितिले गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्नेबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडि बढाइने छ ।

नगरकोट क्षेत्र दक्षिणकाली थानका्ेट क्षेत्र र गोदावरी क्षेत्र गरी काठमाडौं उपत्यकाका ४ दिशामा पानी पोखरी सहितको जलाधार क्षेत्रको निर्माण गर्न अध्ययन गरी यस्ता जलाधार खानेपानीको आपूर्तिको वैकल्पिक स्रोतको रुपमा विकास गरिने  अर्थमन्त्री जनार्दन शर्माले बताए ।

यी क्षेत्रमा बहुउपयोगी पार्क तथा मनोरञ्नातमक स्थल समेत निर्माण गरिनेछ । जलासययुक्त विद्युत आयोजनाको प्रयोग गरि खानेपानी आपूर्ति गर्नं आवश्यक पूर्वाधार र क्षमता विकास गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *