सुत्केरीलाई पाँच हजार पोषण भत्ता दिइने – Nepal Press

सुत्केरीलाई पाँच हजार पोषण भत्ता दिइने

काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरी महिलाका लागि एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांक मुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *