हवाई पूर्वाधार निर्माणमा १२ अर्ब २४ करोड विनियोजन – Nepal Press

हवाई पूर्वाधार निर्माणमा १२ अर्ब २४ करोड विनियोजन

घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने

काठमाडौं । सरकारले हवाई पूर्वाधार निर्माणका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने लगायतका कार्यक्रमका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने उनको भनाइ छ ।

शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने बताए । साथै गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने पनि योजना अघि सारे ।

त्यस्तै भूमि व्यवस्था सहकारी मन्त्रालयका लागि ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । घर जग्गा मूल्यांकन प्रणालीलाई व्यवहारिक बनाई एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने उनको भनाइ छ ।

त्यस्तै ३०० स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिइने अर्थमन्त्रीले बताए ।

नयाँ बजेटमा घरजग्गा खरिदबिक्रीको लागि लाइसेन्स लिनुपर्ने व्यवस्था सरकारले अघि सारेको छ । सरकारले तोकेको निकायबाट लाइसेन्स लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाइने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *