१० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट – Nepal Press

१० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट

काठमाडौं । सरकारले उद्योगधन्दालाई विद्युत खपतमा सहुलियत दिने भएको छ । १० करोडभन्दा धेरै विद्युतमा खपत गर्ने उद्योगले २ देखि १५ प्रतिशत छुट पाउने भएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले छुट योजना सार्वजनिक गरे ।

त्यस्तै बन्द भएका उद्योगले आफ्नो उद्योग बेचेर ऋण तिर्न पाउने पनि बजेटमा उल्लेख छ ।

घाटामा गएर बन्द भएका उद्योगले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न पाउने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *