बजेट ७९/८० : कृषक पेन्सन योजना – Nepal Press

बजेट ७९/८० : कृषक पेन्सन योजना

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यो योजना ल्याउन लागिएको बताएका छन् ।

‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु,’ बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले भने,‘यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *