बजेटको पहिलो प्राथमिकतामा कृषि क्षेत्र, ‘कृषि उत्पादनको वर्ष’ मनाइने – Nepal Press

बजेटको पहिलो प्राथमिकतामा कृषि क्षेत्र, ‘कृषि उत्पादनको वर्ष’ मनाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् । उनले आफ्नो बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रको रुपान्तरण रहेको बताए ।

शर्माले बजेटका विभिन्न प्राथमिकताहरु प्रस्तुत गर्दा कृषिलाई पहिलो नम्बरमा राखेका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको रुपान्तरण सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छु ।’

सरकारले आगामी वर्षलाई ‘कृषि उत्पादनको वर्ष’ का रूपमा मनाउने भएको छ । नेपालमा नै कृषि उत्पादन वृद्धि गर्नका लागि सरकारले कृषि उत्पादन वर्ष मनाउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *