माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग – Nepal Press

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग गरेको छ । माछापुच्छ्रे बैंक आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चाँगुनारायण ३ भक्तपुरस्थित मानव कल्याण समाज नामक संस्थालाई २० थान बेड सिटलगायतका सामान हस्तान्तरण गरेको छ ।

बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश उपप्रमुख टीका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गरेका हुन् ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेकाहरुको संरक्षण गर्दै आएको छ । मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जनाभन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *