कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म ‘लोरी’ले जित्यो अवार्ड – Nepal Press

कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म ‘लोरी’ले जित्यो अवार्ड

काठमाडौं । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको छ ।

कान्समा यसपटक १४० देशका ३ हजार ५०७ फिल्मले आवेदन दिएका थिए । जसमध्येबाट उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *