ईपीएललाई मान्यता नदिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
नेपाल प्रेस
२०७९ जेठ १२ गते १६:०५
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई मान्यता नदिने निर्णयविरुद्ध आयोजक जोहरा स्पोर्टससहित ६ वटै फ्रेन्चाइजले नेपाल क्रिकेट संघविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
क्यानको निर्णय कार्यान्वयन नहुनुपर्ने माग गर्दै उनीहरुले रिट दर्ता गरेका हुन् । निवेदकले अन्तरिम आदेशसमेत माग गरेका छन् । यसअघि क्यान आफैले नेपाल टी–२० आयोजना गर्ने भएपछि अन्य फ्रेन्चाइज प्रतियोगिताहरुलाई मान्यता नदिने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध आपत्ति जनाउँदै जोहरा स्पोर्टस र ईपीएलका सहभागी फ्रेन्चाइजहरुले क्यानलाई सहयोग रोक्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया