दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस ! – Nepal Press

दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस !

काठमाडौं । काठमाडौंको दरवारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते शुक्रवार जम्मा पाँच रुपैयामा हेयर कट र नेल सर्भिस दिने भएको छ ।

आफनो पाँचौ वार्षिक उत्सवका अवसरमा शुक्रबार हेयर कट र नेल सर्भिस जम्मा रु पाँच मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुले जानकारी दिए ।

वार्षिक उत्सको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयामा, दोस्रोमा २ रुपैयाँमा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन । यसैबीच शुक्रबार पाँचौ वार्षिक उत्सव मनाउदै दिभानले ५ रुपैयामा सेवा दिन लागेको सञ्चालक पराजुलीले बताए ।

वार्षिक उत्सवको दिन विहान ९ बजेदेखी बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ । सो दिन सेवा लिन आउने सबैलार्इ ५ रुपैयामानै सेवा दिने पनि दिभानले दिनेछ । यस्तै वार्षिक उत्सवका अवरमा अरु दिन पनि सम्पुर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको छ ।

दि भान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखि काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *