बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा १० प्रतिशत छुट – Nepal Press

बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा १० प्रतिशत छुट दिने भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकको ग्राहकले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७ तथा १० सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुहरुले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १० प्रतिशतसम्मको छुट पाउँने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *