वरियतामा नेपालभन्दा पछाडि रहेको नामिबियाले जित्यो जिम्बावेमाथि टी-२० शृंखला
हरारे । एसोसिएट टोली नामिबियाले टेस्ट मान्यताप्राप्त जिम्बावेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ ।
पाँचौँ तथा अन्तिम खेलमा मङ्गलवार राती ३२ रनको जित हात पार्दै नामिबियाले पाँच खेलको शृंखला ३-२ ले हात पारेको हो ।
टी-२० अन्तर्राष्ट्रिय वरियतामा नामिबिया, नेपालभन्दा पछाडि रहेको छ। निर्णायक खेलमा एक सय २८ रनको लक्ष्य पाएको जिम्बावे ९५ रनमा समेटिएको थियो ।
जिम्बावेलाई सस्तोमा समेट्न नामिबियाका जेर्हाड एरासमस र जान फ्रानलिन्कले दुई दुई विकेट लिए । डेभिड वैजी र सिकङ्गोले पनि एक एक विकेट हात पारे ।
नामिबियाले टेस्ट मान्यताप्राप्त टिमविरुद्ध पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो ।