नेपाल टी-२० खेल्ने ६ टिमको नाम सार्वजनिक
नेपाल प्रेस
२०७९ जेठ ११ गते ११:४०
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने फ्रेन्चाइज लिग नेपाल टी-२० खेल्ने ६ टिमको नाम टुंगो लागेको छ ।
क्यानको मंगलबार केन्द्रीय कार्यालय मुलपानीमा बसेको बैठकले असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि टिमको नाम तय गरेको हो ।
क्यानले बुधबार बिहान दिएको जानकारी अनुसार नेपाल टी-२० को पहिलो संस्करणमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न नाम रहेका छन् ।
प्रतिक्रिया