किरण चेम्जोङलाई हटाउँदै नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त
काठमाडौं । स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघले एएफसी एसियन कप क्वालिफायर्समा जानुअघि बिदाइ कार्यक्रममा उनलाई कप्तान घोषणा गरेको हो ।
अर्को वर्ष चीनमा आयोजना हुने एसियन कप छनोटको प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले १० जना खेलाडीलाई टिमबाट निकालेका थिए ।
माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका किरणले निकालिएका खेलाडीको समर्थनमा अभिव्यक्ति दिएपछि उनलाई पनि टिममा स्थान दिइएन ।
किरणसहित १० खेलाडीलाई टिम बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटका लागि राष्ट्रिय टिमको घोषणा गरेका थिए ।
उक्त टिमलाई एएफसी कप छनोटअघि प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने क्रममा आज बिदाइ गरिएको हो ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालविरुद्ध जोर्डन- जुन८
नेपालविरुद्ध कुवेत- जुन ११
नेपालविरुद्ध इन्डोनेसिया- जुन१४