वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण हुने
काठमाडौं । सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने नीति अघि सारेको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।
भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने उनले बताएकी हुन् ।
अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रममा समेटेकी छन् ।
यस्तै मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समेटिएको छ ।