१० महिनामा १६ खर्बको वस्तु आयात, १४ खर्बको व्यापार घाटा – Nepal Press

१० महिनामा १६ खर्बको वस्तु आयात, १४ खर्बको व्यापार घाटा

काठमाडौं । सरकारले विदेशी वस्तु आयात रोक्दा पनि नेपालको व्यापार घाटा निरन्तर वृद्धि भइरहेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको १० महिना (साउनदेखि बैशाखसम्म) मा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापार घाटा व्यहोरेको हो ।

विभागका अनुसार १० महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालबाट भने १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

गत वर्षको तुलनामा आयातित वस्तुको हिस्सा २७.९५ प्रतिशतले बढेको छ । नेपालबाट निर्यात हुने वस्तु पनि वृद्धि भएको छ । पछिल्लो १० महिनामा ५९.८० प्रतिशतले वृद्धि भएको हो ।

पछिल्लो १० महिनामा नेपालमा गत आवको सोही समयमा भन्दा अहिलेको १० महिनामा २४.९४ प्रतिशतले व्यापार घाटा बढेको छ ।

सरकारले गाडी र महंगो मोबाइल आयात बन्द गरेको थियो । करिब १ सयभन्दा धेरै विदेशी वस्तु आयातमा कडाइ गरिएको थियो । तर, वस्तु आयातमा कडाइ गर्दा पनि वैदेशिक व्यापार घाटा बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *