विद्युत प्राधिकरणका कर्मचारीको इन्धन सुविधा काटियो – Nepal Press

विद्युत प्राधिकरणका कर्मचारीको इन्धन सुविधा काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको इन्धन सुविधामा कटौती गरेको छ । प्राधिकरणले परिपत्र जारी गर्दै कर्मचारीले प्रयोग गर्दै आएको इन्धनमा २० प्रतिशत कटौती गरेको हो प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिपश्चात प्राधिकरणले उक्त निर्णय लिएको हो ।

प्राधिकरणमा विद्युतीय सवारीसाधनको प्रयोग भए/नभएकोबारे नेपाल प्रेसको जिज्ञासामा उनले विस्तारै व्यवस्था गरिने बताए ।

उनले भने, ‘सरकारी प्रक्रियाअनुसार काम गर्न गार्‍हो हुन्छ । हामीले कर्मचारीका लागि विद्युतीय सवारीको प्रयोगमा विस्तारै व्यवस्था गर्दै जाने छौं ।’

सरकारका विभिन्न निकायले पेट्रोलिय पदार्थको खपत कम गर्न विद्युतीय उपकरणमा जोड दिँदै आएका छन् । तर, प्राधिकरणले नै आफ्ना कर्मचारीहरुलाई विद्युतीय सवारीसाधन प्रयोग गर्ने वातावारणसम्म सिर्जना नगरेको टिप्पणी बढेको छ ।

विद्युत प्राधिकरण सामान्य सेवा विभागको सवारी सुविधा प्राप्त अधिकृतहरूले बढीमा मासिक १ सयदेखि १२० लिटर इन्धन दिने व्यवस्था थियो । अब त्यो सुविधामा २० प्रतिशत काटौती भएको छ ।

बाइक प्रयोग गर्ने कर्मचारीले भने महिनामा १६ लिटर इन्धन पाउने गरेका थिए । अब उनीहरूको पनि २० प्रतिशत इन्धन सुविधा कटौती भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *