जेब्रालाई पछि पार्दै धुलिखेलको मेयरमा अशोक निर्वाचित, गठबन्धनका उम्मेदवारको जमानत जफत – Nepal Press

जेब्रालाई पछि पार्दै धुलिखेलको मेयरमा अशोक निर्वाचित, गठबन्धनका उम्मेदवारको जमानत जफत

काभ्रे । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु दोस्रो कार्यकालका लागि धुलिखेल नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

एमाले काभ्रे जिल्ला अध्यक्षसमेत रहेका ब्यान्जु ८ हजार ३४९ मतसहित मेयरमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन् ।

यहाँ गठबन्धनविरुद्ध कांग्रेसका नेता बस्नेतले जेब्रा चुनाव चिन्ह लिएर बागी उम्मेदवारी दिएका थिए । गठबन्धनबाट नेकपा एसका दयासागर श्रेष्ठले भने जम्मा १७८३ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट कांग्रेस उम्मेदवार निराजन जंगमले ७ हजार ९१० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लालतारा अधिकारी ७ हजार ७९० मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर