युगान्डाविरुद्ध नेपाललाई सान्त्वना जित – Nepal Press

युगान्डाविरुद्ध नेपाललाई सान्त्वना जित

काठमाडौं । युगान्डालाई १५ रनले पराजित गर्दै नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय शृङखलाको चौथो खेलमा सान्त्वना जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा युगान्डालाई ९८ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्रै बनायो ।

चिसो मैदानका कारण टस ढिला हुँदा खेल १८ ओभरमा घटाइएको थियो । नेपालको वलिङमा डेब्युटेन्ट हिरान्माये रोएले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यस्तै, अस्मिना कमाचार्य, रुविना क्षेत्री र कविता कुँवरले समान एक विकेट लिए ।

युगान्डाका लागि जानेत बाबाजीले सर्वाधिक २१ रन बनाइन् । रिता नायागेन्दोले १६ रन तथा ओपनर केभिन अविनो ११ रनमा पभेलियन फिर्किएकी थिइन् । त्यसपछि, अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

शृङखलाको अन्तिम खेलमा शनिबार हुनेछ । यसअघि लगातार तीन खेल हारेको नेपालले शृङखलाको उपाधि भने युगान्डालाई सुम्पिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *