नेपालले १८ ओभरमा युगान्डालाई दियो ९८ रनको लक्ष्य – Nepal Press

नेपालले १८ ओभरमा युगान्डालाई दियो ९८ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय शृङखलाको चौथो खेलमा नेपालले युगान्डालाई ९८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गर्यो ।
चिसो मैदानका कारण ढिलो टस हुँदा खेल १८ ओभरमा घटाइएका थियो ।

नेपालका लागि ओपनर ज्योती पाण्डेले सर्वाधिक १७ रनको योगदान गरिन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । तेस्रो नम्बरमा क्रिजमा आएकी इन्दु वर्मा १ रनमा आउट हुँदा सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किइन् । भने, अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

युगान्डाको बलिङमा कोन्कि अवेकोले सर्वाधिक र तीन विकेट लिइन् । उनले ४ ओभरमा १३ रन खर्चिइन् । साराह अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर