अल्मुताइरीको निष्कासन र एन्फाको बेवास्ताबीच अस्ट्रेलिया पुगे सुमन – Nepal Press

अल्मुताइरीको निष्कासन र एन्फाको बेवास्ताबीच अस्ट्रेलिया पुगे सुमन

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय फुटबल टोलीको बन्द शिविर छाडेका १० खेलाडीमध्ये सुमन लामा अस्ट्रेलिया पुगेका छन् ।

सुमनसहित अर्का फुटबलर आशिष राना केही दिनअघि अस्ट्रेलियातिर लागेका थिए । बन्द शिविर छाडेका खेलाडीहरूको भविष्य के हुने भन्नेमा अनिश्चता बढिरहेका बेला सुमन अस्ट्रेलियामै बस्ने गरी गएको बताइएको छ ।

बन्द शिविरबाट बाहिरिएका खेलाडीहरूलाई नराखी प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीको तयारी गरिरहेका छन् । नेपालले दुई सातापछि अफगानिस्तानसँग मैत्रिपूर्ण खेल खेल्दै छ भने लगत्तै एएफसी कप छनोटका खेलहरूमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली फुटबलका छरिता मिडफिल्डर सुमन उमेरस्तरको टोली हुँदै सिनियर राष्ट्रिय टोलीमा पुगेका हुन् । एन्फा एकेडेमीका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेर उनले उमेरस्तरको राष्ट्रिय टोलीमा ठाउँ बनाएका थिए ।

सुमन सामान्य परिवारका हुन् । यसैबीच खेलाडी-प्रशिक्षक विवादबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन शुक्रबार सार्वजनिक गर्ने तयारी अखिल नेपाल फुटबल संघ-एन्फाले गरेको छ ।

स्रोतका अनुसार प्रशिक्षक अल्मुताइरीका स्वास्थ्यका कारण जिम्मेवारीमा रहिरहन योग्य नरहेको भन्दै खेलाडीहलाई पनि माफी माग्न लगाएर पनि टोलीमा फर्काउन सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर