हाम्रो ब्याटिङ, बलिङ, फिल्डीङ सबै पक्ष कमजोर छ : कप्तान रुविना – Nepal Press

हाम्रो ब्याटिङ, बलिङ, फिल्डीङ सबै पक्ष कमजोर छ : कप्तान रुविना

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले युगान्डासँग खेलेको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला दुई खेल अगावै पाहुना टिम युगान्डालाई सुम्पि सकेको छ ।

लगातार तीन हार बेहोरेको नेपालको बलिङ, ब्याटिङ र फिल्डीङ तीनै पक्ष कमजोर देखिएको थियो जुन कुरा कप्तान रुविना पनि स्विकारिन ।

‘हामीले तीन खेलको विश्लेषण गर्ने हो भने राम्रो स्कोर गर्न सकेका छैनौ स्कोर मात्रै हैन हाम्रो फिटनेस र फिल्डिङ पनि राम्रो भएको छैन । युवा खेलाडीबाट आशा गरेअनुसार नतिजा आएको छैन, उनले भनिन् ।’

नेपाली खेलाडीले मैदान भित्र आफ्नो भूमिका नबुझेको र सधैँ सिनियर खेलाडीको राम्रो प्रदर्शन अपेक्षा गरेको रुविनले प्रतिक्रिया दिइन् ।

‘अफ सिजनमा सबै जनाले फिटनेसमा ध्यान दिएको बताए पनि मैदानभित्र त्यो देखिँदैन, अझ आफ्नो जिम्मेवारी के हो भनेर नबुझेको हो कि जस्तो लाग्छ । सधैँ रुविना र सिताले मात्र खेल्दियोेस भन्ने सोचेर हुँदैन,उनले थपिन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर