टी–२० शृङखलामा नेपाल युगान्डासँग ६ विकेटले पराजित, दुई खेल अगावै युगाण्डाले सिरिज जित्यो – Nepal Press

टी–२० शृङखलामा नेपाल युगान्डासँग ६ विकेटले पराजित, दुई खेल अगावै युगाण्डाले सिरिज जित्यो

काठमाडौं । युगान्डाविरुद्ध लगातार तेस्रो हार बेहोर्दै घरेलु मैदानमा आयोजना भएको टी–२० अन्तर्राष्ट्रिय शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी पाँच खेलको शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुुमाए युगान्डासामु सय रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले दिएको लक्ष्य युगान्डाले १८।२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । युगान्डाका लागि ओपनर केभिन अविनोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेलिन् । तेस्रो नम्बरमा क्रिजमा आएकी जानेत बाबाजीले २७ रन जोडिन् । केभिन र अविनोको इनिङ युगान्डाको जितका लागि पर्याप्त बन्यो ।

नेपालको वलिङमा कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । भन इन्दु वर्मा र रुविना क्षेत्रीले १÷१ विकेट लिए । जितसँग युगान्डाले शृङखलामा जित पक्का गरेको छ । बाँकी २ खेलमा नेपालले जित निकाले सान्त्वना मात्रै हुनेछ ।

पहिलो खेल १२ रनले हारेको नेपाल दोस्रो खेलमा १ विकेटले पराजित भएको थियोे । नेपालले युगान्डाविरुद्ध टी–२० शृङखलाको चौथो खेल शुक्रबार र पाँचौं खेल सनिबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर