नेपालले युगान्डालाई दियो सय रनको लक्ष्य – Nepal Press

नेपालले युगान्डालाई दियो सय रनको लक्ष्य

काठमाडौं । नेपालले युगान्डालाई १०० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय शृङखलाको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनको योगफल तयार गरेको छ ।

नेपालका लागि ओपनर ज्योती पाण्डेले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ५४ बलमा ५ चौकासहित सर्वाधिक ४७ रन बनाइन् । उनी आफ्नो करियरको पहिलो अर्धसतक बनाउनबाट चुकिन् ।

सिता राना मगर १२ रनमा पभेलिएन फकिँदा कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान गरिन् । भने, अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

युगान्डाको बलिङमा फियोना कुलुमे, कोन्की अवेको र साराह अकिटेङले समान २/२ विकेट लिए । भने, जानेत बाबाजी र रिता मुसामालिले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *