पोखरामा झण्डै दुई हजार मतले धनराजको लिड, उपमेयरमा थोरै मतान्तरले कोपिला अगाडि – Nepal Press

पोखरामा झण्डै दुई हजार मतले धनराजको लिड, उपमेयरमा थोरै मतान्तरले कोपिला अगाडि

पोखरा । पोखराको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब दुई हजार मतले लिड गरेका छन् । आचार्यले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् ।

कोपिलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर