धनगढीमा स्वतन्त्र उम्मेदवारलाई गठबन्धनको भन्दा दुई गुणा बढी मत – Nepal Press

धनगढीमा स्वतन्त्र उम्मेदवारलाई गठबन्धनको भन्दा दुई गुणा बढी मत

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर अग्रता कायम गरिरहेका छन् । २३, २२३ मत गणना गर्दा हमालले १०, ८२५ मत पाएका छन् छ।

गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वड ५, १६६ मत पाएका छन् । गठबन्धनको उम्मेदवारभन्दा दुई गुणा मतसहित हमाल अगाडि छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा वडसँग हमाल झिनो मतले पराजित भएका छन् । यस्तै एमाले उम्मेदवार रणबहादुर चन्दले २, ४६२ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार अघि छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीले ४, ६८८ मत पाएकी छन् ।

उनलाई एमाले उम्मेदवार कन्दकला रानाले पच्छइरहेकी छन् । उनको ४, २४७ मत छ । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३, ६४२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर