गठबन्धनलाई हराउँदै पाल्पाको बगनासकाली एमालेले जित्यो, अध्यक्षमा सरस्वती निर्वाचित – Nepal Press

गठबन्धनलाई हराउँदै पाल्पाको बगनासकाली एमालेले जित्यो, अध्यक्षमा सरस्वती निर्वाचित

रूपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पनि एमालेकै हरि पाठक विजयी भएका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र एमाले दुवैले बगनासकालीमा अध्यक्षमा महिला उम्मेदवार उठाएका थिए । दर्लामीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजित गरेकी हुन्। दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गर्दा कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन्।

यसैगरी उपाध्यक्षमा एमालेकै पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गर्दा गठबन्धनका नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर