भोजपुरको टेम्केमैयुङमा गठबन्धनको जित, उपाध्यक्षमा एमाले विजयी – Nepal Press

भोजपुरको टेम्केमैयुङमा गठबन्धनको जित, उपाध्यक्षमा एमाले विजयी

केन्द्रीय उपाध्यक्ष जयन्तीको पालिकामा नेकपा एस पराजित

भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका सरोज बस्नेत अध्यक्ष निर्वाचित भएका छन् । ७२५ मतले उछिन्दै सरोजले एमालेका ध्रुवराज राईलाई हराए । राई पालिकाका निवर्तमान अध्यक्ष हुन् । २०७४ को चुनावमा उनले गठबन्धनलाई हराएका थिए ।

निर्वाचन आयोगका अनुसार अध्यक्षमा विजयी सरोजले ३९८० मत ल्याउँदा ध्रुव ३२५५ मा रोकिए ।

यहाँ उपाध्यक्ष भने नेकपा एमालेले जितेको छ । एमालेकी रमा राई ९० मतान्तरका साथ विजय भइन् । उनले ३३८८ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एसकी इन्द्रावती राईले ३२९८ ल्याइन् । ७४ मा एमालेबाट उपाध्यक्ष जितेकी इन्द्रावती एमाले विभाजनसँगै एकीकृत समाजवादी प्रवेश गरेकी थिइन् ।

टेम्केमैयुङ नेकपा एसकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको पालिका हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर