सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा सभामुख सापकोटाका भाइ विजयी – Nepal Press

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा सभामुख सापकोटाका भाइ विजयी

सिन्धुपाल्चोक । माओवादी केन्द्रीय सदस्य एवम् सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा “देशबन्धुले’ आफ्ना प्रत्यासीलाई फराकिलो मतान्तरमा हराउदै चौतारा साँगाचौकगढी नगरपालिकाको मेयरमा विजयी भएका छन् ।

उपमेयरमा समाजवादीकी सीता थापाले एमालेकी बालकुमारी सापकोटालाई हराउदै जित हाँसिल गरेकी छन् ।

सापकोटाले ११ हजार ७२ मत प्राप्त गरे भने उनका प्रत्यासी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७११ मत ल्याए ।

त्यसैगरी उपमेयरमा समाजवादीकी सीता थापाले ९ हजार ७२६ मत ल्याउदा उनका प्रत्यासी एमालेकी बालकुमारी सापकोटाले ७ हजार ५११ मत ल्याइन् ।

उपमेयरमा निर्वाचीत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपमेयरको प्रत्यासी थिइन भने एमालेकी बालकुमारी सापकोटा जिल्ला समन्वय समितिकी उपप्रमुख थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर