भरतपुर ३ मा भुइँकटहरले मत बढाउँदा रेणु पछि परिन् – Nepal Press

भरतपुर ३ मा भुइँकटहरले मत बढाउँदा रेणु पछि परिन्

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाल पछि परेकी छिन् ।

१ र २ को गणनामा ३ मतले अग्रता लिएकी रेणु वडा नम्बर ३ को गणना जारी रहँदा ३३ मतले पछि परेकी छिन् । एमालेका विजय सुवेदीले ३ हजार ८ सय ३८ मतसहित अग्रता लिएका छन् । रेणुले ३ हजार ८ सय ५ मत पाएकी छिन् ।

स्वतन्त्र उम्मेदवार पौडेलले अहिलेसम्म १ हजार ५ सय ११ मत ल्याएका छन् । वडा नम्बर ३ मा मात्रै उनले ५ सय ८७ मत ल्याइसकेका छन् । सो वडा पौडेलका प्रस्तावक कृष्णलाल सापकोटाको समेत वडा हो ।

नेपाली कांग्रेसको गढ मानिने सो वडाको अध्यक्षमा भने एमालेले फराकिलो अग्रता लिएको छ । एमालेका विकास थापाले वडा अध्यक्षमा १ हजार ४ सय ९५ मत ल्याउँदा कांग्रेसका भरत लामिछानेले ९ सय ५२ मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ४ हजार ३ सय ५२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २ हजार ९ सय ९८ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर